दफा १३७
कुनै बलमा यस ऐनको प्रयोग
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास कामको निमित्त छुटृ बल गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रकाशित सूचनामा त्यसरी गठित बललाई नेपाल सरकारले यस ऐनका सबै वा केही दफाहरू रूपान्तर गरी वा नगरी लागू गर्न वा कुनै दफालाई केही समयसम्मको निमित्त स्थगन गर्ने गरी आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेशमा आवश्यक शर्त समेत तोक्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिमको व्यवस्था दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिमका व्यक्तिहरुको हकमा समेत लागू गर्न सकिनेछ ।
(४) उपदफा (१) बमोजिमको बलमा नेपाल सरकारले नेपाली सेनामा कार्यरत विभिन्न दर्जाका सैनिकलाई समेत खटाउन सक्नेछ ।